Breaking News
पुरानो मेडिकल कलेजमा मृत्यु भएका बिरामीमा कोरोना पुष्टि
०

चितवन,भदौं ६-
चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका मकवानपुर हेटौंडाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
भदौ ३ गते निमोनिया भएर उपचारका लागि भरतपुर आएका ७५ वर्षीय एक वृद्धको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको थियो ।
उपचारका लागि आएलगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ ।
तर, चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न बाँकी रहेकोले रिपोर्ट सार्वजनिक गरिएको थिएन । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमासमेत उनको रिपोर्ट पोजेटिभ आएको छ ।
उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























