Breaking News
सरकारको निर्णयः लक्षण भएका कोरोना संक्रमितलाई मात्रै अस्पताल भर्ना
०

काठमाडौं, भदौं ५–
सरकारले लक्षण भएका कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई मात्रै अस्पताल भर्ना गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका सूचना तथा संचारमन्त्री डा.युवराज खतिवडाले संक्रमित बढेसंगै बेड अभाव हुन थालेकाले लक्षण भएका संक्रमितलाई मात्रै अस्पताल भर्ने गर्ने निर्णय भएको जानकारी दिए ।
सरकारले लक्षण नभएका संक्रमितलाई आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ । यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने सरकारको निर्णय छ ।
लक्षण नभएका तथा सामान्य लक्षण भएकाहरु होम आइसोलेसनमा बस्न सक्ने अवस्था भए त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेको निकायले अनुमति दिनुपर्नेछ । त्यसको अनुगमन भने स्थानीय तहले अनुगमन दिनेछन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























