चितवन विशेष

नारायणगढका सहयोगीपेक्षी सडक मानवलाई खुवाइयो दर

Banner

निशा श्रेष्ठ,

चितवन भदौ ५ –

आज तीज । हिन्दु धर्मालम्बी महिलाहरुको एक विशेष पर्व । सधै रमाइलो हुने तीज पर्व यसबर्ष भने फरक भयो । शिवालयहरु सुनसान भए । माइत जाने चेलिबेटीहरुले घरमै बसेर दर खाए र  व्रत बसे । सक्ने र हुने खानेले त घरमै मिठा मिठा परिकार बनाएर खाए । तर सहरमा एउटा यस्तो वर्ग छ, जस्लाई न तीजको दर न त रोगको डर छ । दिनभर सहरका गल्ली गल्लीमा कवाडी संकलन गरेर केही पैसा पाउने र सडकमै सुत्ने उनीहरुलाई दुई छाक खाना खान पाउनु भाग्यकै कुरा हो । जसोतसो कवाडी सामान खोजेर पेट पाल्दै आएका उनीहरुले निशेधाज्ञासँगै सामान पाउन छाडेका छन् । जस्ले गर्दा भोको पेटभर्न पनि नपाएको उनिहरुको गुनासो छ ।

भरतपुर महानगरपालिका सहयोगीपेक्षी सडक मानवमुक्क्त जिल्ला घोषणा भइसकेको छ । तरपनि सडक मानव भेटिन छाडेका छैनन् । तीजको दिन सहयोगीपेक्षी भेटिने नारायणगढको पुल्चोकमा दृश्य भने फरक देखियो । कसैले खाना बाड्दै थिए त कसैले पलेटी कसेर खादैँ थिए । तीजको मौका पारी एक संस्थाले खुवाएको दर खान व्यस्त देखिन्थे उनिहरु र उत्तिकै हर्षित पनि थिए । बेबारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र चितवनले उनीहरुलाई दर (मासु भुजा) खुवाएको हो । बेबारिसे व्यवस्थापन तथा पुर्नजीवन केन्द्र चितवन शाखाकी अध्यक्ष सीता कँुवरले तीजको अवसर पारेर आजदेखि ३ दिनसम्म लगातार खाजा खुवाउने योजना रहेको बताइन ।

आज झण्डै ८० जनालाई दर खुवाइएको उनले बताइन । कोरोनाको जोखिम भएपनि महान चाडमा केही खुवाउनुपर्छ भनेर आवश्यक सुरक्षाका साथ खाजा खुवाएको उनले जानकारी दिइन ।

आर्थिक रुपमा कमजोर भएका कारणले खाना,खाजा खुवाउने कामलाई निरन्तर दिन नसकेको  उनले बताइन । ”स्थानीय तह तथा अन्य संघसंस्थाले  सहयोग गरेको खण्डमा निरन्तर रुपमा अभियानलाई अगाडि बढाउन सकिन्थ्यो” उनले भनिन। सडकमै बस्ने बेबारिसेको क्षेत्रमा काम गर्ने सो संस्थाले व्यवस्थापनमा काम गर्दै आइरहेको छ । भरतपुर महानगर सहयोगीपेक्षी सडक मानवमुक्त घोषण भएतापनि यसको व्यवस्थापनमा समस्या देखिन थालेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>