Breaking News

पाँच दिनदेखि भरतपुरको फोहोर उठेन,जोखिम बढ्ने भन्दै स्थानियले फाल्न दिएनन्

Banner

निशा श्रेष्ठ

चितवन भदौ ४-

भरतपुरमा बढ्दो कोरोना भाइरस (कोभिडि १९) को संक्रमणका कारण भरतपुर महानगरपालिकामा विगत ७ दिन देखि निषेधाज्ञा छ । निषेधाज्ञाको दिन बढेसंगै भरतपुरमा फोहोर व्यवस्थनपनमा पनि समस्या देखिन थालेको छ ।

भरतपुर महानगरपालिकामा विगत पाँच दिनदेखी फोहोर उठ्न नसक्दा महानगरका सहरी क्षेत्र दुर्गन्धित बन्न थालेका छन । भरतपुरको मुख्य बजार नारायणगढको लाइन्सचोकदेखि सहिदचोक हुदै पुल्चोकसम्म नै फोहोरका थुप्रोहरु देख्न सकिन्छ । भरतपुरका अन्य ठाउँमा पनि विगत पाँच दिनदेखिनै फोहोर उठ्न सकेको छैन ।

सबै मानिस भित्रै रहदा सडक झनै सफा देखिनुपर्नेमा नारायणगढ बजार र भरतपुरको दृश्य भने झन फोहोर देखिन्छ । भरतपुर महानगरले फोहोर व्यवस्थापन गर्नका लागि टेन्डर मार्फत व्यवसायीहरुलार्ई ठेक्का लगाएको छ । भरतपुर महानगरका प्रवक्ता अरुणपिडित भण्डारीले कोरोनाका कारण फोहोर उठाउन समस्या भइरहेको बताउनुभयो । “कोरोनाको त्रासले गर्दा डम्पिङ साइट क्षेत्रको स्थानियले अवरोध गरेका छन्,उहाँले भन्नुभयो, निरन्तर रुपमा समन्वय गरिरहेको तर कहिले फोहोर उठ्छ भन्ने एकिन छैन ।”

भरतपुर महानगरको ७ देखि १२ नम्वर वडा क्षेत्र भित्रको फोहोर व्यवस्थापनको जिम्मा लिएको वेष्ट म्यानेजमेन्ट गु्रपका अन्तर्गत भरतपुर परियोजनाका संयोजक देवी प्रसाद घिमिरेले फोहोर फाल्ने डम्पिङ क्षेत्रका स्थानियले अवरोध गरेपछि फोहोर फाल्न नसकिएको बताउनुभयो । ‘‘विभीन्न हानीकारक तथा संक्रमणयुक्त फोहोर आउने र कोरोनाको जोखिम बढ्ने भन्दै स्थानियले फोहोर फाल्न दिएका छैनन,त्यसै कारण फोहोर उठाउन सकेका छैनौ’’ उहाँले भन्नुभयो । महानगरपालिकालाई यसबारे जानकारी गराएपनि खासै चासो नदेखाएको उहाँले बताउनुभयो । स्थानियले फोहोर फाल्ने ठाँउको विकल्प खोज्न माग गरेका छन् ।

संयोजक घिमिरेले फोहोर उठाउने कर्मचारीको समेत स्वास्थ्य सुरक्षा हुन नसकेको गुनासो गनुभयो । आफुहरुले स्यानिटाइजर, मास्क,पन्जा लगाएतका स्वास्थ सामाग्री उपलब्ध गराइरहेको उहाँले बताउनुभयो । संवेदनसील क्षेत्रमा काम गर्ने कर्मचारीलाई स्थानिय तहले पनि राहात तथा स्वास्थ्य बिमा गरिदिनुपर्ने लगायतको माग गरिरहेको भएपनि महानगरले बेवास्ता गरेको उहाँको गुनासो छ ।

यस्तै महानगरकै नारायगणढको फोहोर उठाउने जिम्मा लिएको ग्रिन सिटी वेष्ट म्यानेजमेन्टका नारायणगढ संयोजक श्याम श्रेष्ठले फाहोर उठाउने कर्मचारीका लागि सुरक्षा सामाग्री महानगरसँग माग गरेपनि नपाएको गुनासो गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>