Breaking News
पछिल्लो २४ घण्टामा थपिए ७०७ जना कोरोना संक्रमित, २६४ जना निको भए
०

काठमाडौं, भदौ ४
नेपालमा पछिल्लो २४ घण्टामा ७०७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ३२ जनाको परीक्षण गर्दा ७०७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ५ सय ५५ जना सक्रिय संक्रमित रहेका छन्।
निको हुने दर ६१ प्रतिशत, ११ हजार ८३२ पीसीआर परीक्षण, क्वारेन्टिनमा ११ हजार ७ सय ६८ जना छन् भने डिस्चार्ज हुने संख्या १७ हजार ९ सय ६४ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २६४ जना निको भई घर फर्किएका छन् ।
काठमाडौं उपत्यकामा २ सय जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित पछिल्लो २४ घण्टामा फेला परेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























