Breaking News
चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
०

चितवन, भदौं ४–
चितवनको भरतपुर अस्पतालमा उपचारत एक जना कोरोना संक्रमितको आज मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको हो ।
अस्पतालका कोभिड १९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार विगत ६ दिनदेखि कोभिड १९ संक्रमण भई अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको दिउँसो २ः५७ बजे मृत्यु भएको हो । मृतक पुरुष दीर्घरोगी रहेको र उनमा फोक्सोमा क्षयरोग, स्पाईनल ईन्जुरले खुट्टा नचल्ने, मृगौलामा समस्या लगायतका समस्या रहेको उहाँले जानकारी दिनुभयो ।
चितवनमा अहिलेसम्म कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । तीमध्ये ३ जना चितवनका हुन् भने एक जना कैलालीका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























