Breaking News
निषेधाज्ञा उल्लंघन गर्ने दुई सय भन्दा बढी सवारी साधन कारबाहीमा
०

काठमाडौं, भदौ ४-
काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लंघन गर्ने दुई सय भन्दा बढी सवारी साधन कारबाहीमा परेका छन् ।
प्रशासनले काठमाडौं उपत्यकाभर सात दिनका लागि आजैबाट निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमण बढेपछि प्रशासनले उपत्यकालाई सुरक्षित राख्न निषेधाज्ञा जारी गरेको हो ।
प्रहरीले लकडाउनको समयमा सञ्चालन भएका सवारी साधन कोटेश्वर, बानेश्वर, जावलाखेल, त्रिपुरेश्वर, कलंकीलगायत स्थानबाट सवारीसाधन नियन्त्रण लिने काम जारी रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
पक्राउ परेका सवारीसाधनलाई भोलिदेखि ननिस्कन अनुरोध गरी साँझ छाडिने ट्राफिक महाशाखाका प्रवक्ता वामदेव गौतमले बताए ।
आज बिहानसम्म ५ सय १० जना मानिसलाई नियन्त्रणमा लिएको छ । ३ सय ५३ जना पुरुष र १ सय ५७ जना महिलालाई नियन्त्रणमा लिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























