Breaking News

चितवनमा थप एक पुरुषमा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, भदौं ४–

चितवनमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालमा बुधबार राति गरिएको परीक्षणमा एक जना मात्रै कोरोना संक्रमण फेला परेका हुन् ।

प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीका अनुसार भरतपुर महानगरपालिका–७ का ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । ती पुरुष होम क्वारेन्टिनमा बसेका थिए । बुधबार राति कुल ५५६ नमुना परीक्षण गरिएको छ ।

यति धेरै परीक्षण गर्दा जम्मा एक जना मात्रै संक्रमित फेला पर्नु चितवनको लागि केही राहत मिलेको छ ।

योसंगै चितवनमा कुल संक्रमितको संख्या २८१ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>