चितवन विशेष
चितवनमा १० किलो गाँजासहित एक पक्राउ
०

चितवन, भदौ ३-
चितवन प्रहरीले १० किलो बढी गाँजासहित एक जनालाई प्रक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका–१६ झनझनेका ३२ वर्षीय कुमार गुरुङलाई १०.७४ केजी गाँजासहित मंगलबार प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।
गाँजाको कारोबार गर्ने गोप्य सूचनाका आधारमा गुरुङलाई प्रक्राउ गरिएको थापाले जानकारी दिनुभयो । प्रहरीले ८५ वटा सूर्तीको प्याकेटमा बिक्री गर्न राखेको र बोरा भित्र घरभित्र लुकाई राखेको गाँजा बरामद गरेको छ । प्रक्राउ परेका गुरुङलाई चितवन अदालतबाट सात दिनको म्याद थप लिई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको थापाले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























