Breaking News
व्यापक आलोचना भएपछि सांसदको लोगो फिर्ता, फेरि बनाइने
०

काठमाडौँ, भदौ ३–
संघीय संसद सचिवालयले डिजाइन अनुसारको लोगो तयार नभएपछि घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता गरेको छ।
विवादित बनेको संघीय संसदको प्रतिक चिन्हको व्याच पिन संसद सचिवालयले परिमार्जनका लागि फिर्ता पठाएको छ।
व्याचमा रहेको नेपालको नक्सा वास्तविक नेपालको नक्सासँग मेल नखानेसहितका त्रुटी देखिएको भन्दै चौतर्फी आलोचना भएको थियो ।
आलोचनापछि सो व्याच आवश्यक परिमार्जनका लागि घरेलु तथा साना उद्योग कार्यालय, ललितपुर पठाइएको संसद सचिवालयले जनाएको छ।
सचिवालयले ३५० थान लोगो बनाउन घरेलु कार्यालयलाई जिम्मा दिएको थियो।
कार्यालयले ब्याच पिन तयार गर्ने र नक्सा अद्यावधिक गर्ने जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























