Breaking News

खैरहनीकी मृतक वृद्धाका आफन्तमा पनि देखियो कोरोना संक्रमण

०
Banner

चितवन, भदौं ३–

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएकी पूर्वीचितवन खैरहनी–३ गोठसोरकी १०८ वर्षीया वृद्धाको आफन्तमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा मृतक वृद्धाकी आफन्त चार जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । संक्रमित महिलाहरु मृतक वृद्धाको नियमित सम्पर्कमा थिए । उनीहरु होम क्वारेन्टिनमा बसेका थिए ।

मृतक वृद्धाकी नातिनीलाइ कोरोना संक्रमण देखिएसंगै ती वृद्धासहित आफन्तको सोमबार स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेपश्चात १०८ वर्षिया वृद्धाको मंगलबार विहान १ः४५ बजे निवासमै मृत्यु भएको थियो । मृत्यु पश्चात मंगलबार बेलुकी ती वृद्धाको कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो । अन्य चार जनाको भने आज (बुधबार) विहान सार्वजनिक गरिएको हो ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत मृतक वृद्धाकी नातिनीलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङबाट वृद्धासहित आफन्तको कोरोना परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>