Breaking News

चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

Banner

चितवन, भदौं २–

चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आज (मंगलबार) एक जनाको मृत्यु भएको छ ।

पूर्वीचितवनको खैरहनी नगरपालिका–३ गोठसोर निवासी १०८ वर्षीया वृद्धाको आज (मंगलबार) विहान १ः४५ बजे कोरोना संक्रमणबाट घरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकबाबु तिवारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

मृतक वृद्धाको आज बेलुकी कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको तिवारीले जानकारी दिए । कन्ट्याक्ट ट्रेसिङका आधारमा ती वृद्धाको हिजो (सोमबार) स्वाब संकलन गरी कोरोना परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको थियो । मृत्यु पश्चात मात्रै ती वृद्धाको रिपोर्ट पोजिटिभ आएको हो ।

ती वृद्धालाई एक साता अघि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत उनकी नातिनीले भेटिकी थिइन् । नातिनीको कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएपछि कट्याक्ट ट्रेसिङका आधारमा तीवृद्धाको पनि कोरोना परीक्षण गरिएको थियो । ती वृद्धाको शव परिवार र नेपाली सेनाको टोलीले व्यवस्थापन गरिरहेको छ ।

योसंगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेका संख्या दुई पुगेको छ । यसअघि भरतपुर अस्पतालमा उपचारका क्रममा भरतपुर–११ का एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>