Breaking News

यसवर्षको तीज आफ्नो घरमा सुरक्षित साथ मनाउनु : महानगर प्रमुख दाहाल

Banner

चितवन, भदौं १

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले चितवनमा कोरोनाको संक्रमण बढ्दै गएकोले सामूहिक खानपिनको कार्यक्रम नगरी घरमै बसेर मनाउन आग्रह गर्नुभएको छ ।

हिन्दू नारीको महान् पर्व तीजको अवसरमा आज एक शुभकामना सन्देश दिँदै नगर प्रमुख दाहालले सो आग्रह गर्नुभएको हो । सन्देशमा मेयर दाहालले नित्य कर्मबाहेक धार्मिक क्षेत्रमा भीडभाड नगर्न अपिलसमेत गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमा अहिले मानव स्वास्थ्यको सवाल महत्वपूर्ण रहेको भन्दै महामारीबाट जोगिए मात्रै पछि आउने चाडपर्व मान्न पाइने बताउनु भएको छ । त्यस्तै सन्देशमा उहाँले घरमा बसेर माक्स, स्यानिटाइजर प्रयोग गरी भौतिक दूरी कायम गरेर सुरक्षित साथ मनाउन पनि शुभकामना सन्देशमा आग्रह गर्नुभएको् छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>