कर्पोरेट

भदौं मसान्तसम्म प्रभु बैँकको तीन वर्षै निःशुल्क डिम्याट खाता

Banner

चितवन, भदौं २-

प्रभु क्यापिटलले देशभरका प्रभु बैँकबाट तीन वर्षे निःशुल्क डिम्याट खाता भदौं मसान्तसम्म खोल्न सकिने जनाएको छ ।

क्यापिटलले आज एक प्रेस विज्ञप्ति प्रेषित गर्दै शेयर कारोबारबारे खोलिने खाताबारे जानकारी गराएको हो । विज्ञप्तिमा ‘प्रभु क्यापिटलसँग जोडौं नाता, पाउँ तीन वर्षसम्म निःशुल्क डिम्याट खाता” भन्ने नाराका साथ प्रभु क्यापिटल लिमिटेडले भदौं महिनाभर डिम्याट खाता खोल्ने ग्राहकको लागि तीन वर्षे निःशुल्क डिम्याट खाता र मेरो शेयर योजना सञ्चालन गरेको जनाएको छ । सुरुमा साउनसम्म सञ्चालन गरिएको यो योजना भदौंको महिनासम्म थप गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकार र नेपाल धितोपत्र बोर्डबाट समेत विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न अनुरोध भए अनुसार यस क्यापिटलले अनलाइन खाता खोल्ने सुविधा सञ्चालन गरेको जनाइएको छ । साथैं यस योजनामा प्रभु क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी तथा प्रभु बैंक लिमिटेडको नेपाल भरी रहेका २१० वटै शाखाबाट छिटो, छरितो रुपमा तथा डिम्याट र मेरो शेयरको खाता खोल्न सकिने सुविधा समेत सञ्चालन गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>