Breaking News
कोरोना संक्रमण भयावह हुने स्थिति देखिएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गर्ने तयारी
०

काठमाडौं, भदौ २-
काठमाडौं उपत्यकामा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा लागू गर्ने तयारी भएको छ ।
त्यसका लागि उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीबीच आन्तरिक छलफल भइरहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।
संक्रमितको संख्या दिनदिनै बढ्दै गएको, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्डहरुको पालना नगरिएको, काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतलाई कडा पार्न के विधि अपनाउने भन्नेबारे केही दिनदेखि छलफलहरु भइरहेको र आज पनि छलफल हुन लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।
अहिले देशका ७७ जिल्लामध्ये आधाभन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























