Breaking News

भरतपुर सेन्ट्रल हस्पिटलका तीन नर्ससहित पाँच जनामा कोरोना संक्रमण

०
Banner

चितवन, भदौं २–

चितवनको भरतपुर–१० मा रहेको भरतपुर सेन्ट्रल हस्पिलटका तीन जना नर्ससहित पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा तीन जना नर्स र दुई जना सरसफाई कर्मचारीमा कोरोनास संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका–५, ७ र १० का तीन जना, गोरखा र मकवानपुरका एक/एक जना रहेका छन् ।

एकैपटक पाँच जनामा संक्रमण पुष्टि भएपछि बिरामीको उचित व्यवस्थापनमा अस्पताल प्रशासन लागि परेको छ ।

चितवनमा आज (मंगलबार) विहान एकैपटक ५० जनामा संक्रमण पुष्टि भएको थियो । सबैभन्दा धेरै संक्रमण पुष्टि हुनेमा राप्ती–६ मा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमती प्रदेशका ४२ जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>