Breaking News

चीन कोरोनाविरूद्धको खोप परीक्षणमा सफलता नजिक, वैज्ञानिक उत्साहित

Banner

काठमाडौँ,भदौं २-

कोरोना भाइरसविरूद्धको चिनयाँ खोप दोस्रो चरणको परीक्षणमा पनि सफलता नजिक पुगेपछि वैज्ञानिकहरू उत्साहित भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार कोरोनाविरूद्धको चिनियाँ खोप दोस्रो चरणको परीक्षणमा पनि आशाजनक र प्रभावकारी देखिएपछि त्यसको विकासमा संलग्न वैज्ञानिकहरू उत्साहित भएका हुन् ।

दोरो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभावकारी देखिएको र प्रतिरोधी क्षमता विकास गरेको चिनियाँ वैज्ञानिकहरूले दावी गरेका छन् । उक्त खोपको दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ अमेरिकी मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशन गरिएको छ ।

उक्त खोपको चिनियाँ नेसनल बायोटेक ग्रुपको वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्सअन्तर्गत सिनोफार्मले विकास गर्दैछ । ट्रायलमा १८ देखि ५९ वर्ष उमेर समूहका ३२० जना स्वस्थ्य स्वयंसेवीलाई सहभागी गराइएको थियो । जसमध्ये ९६ जनाले पहिलो चरणमा तथा २२४ जना दोस्रो चरणको ट्रायलमा भाग लिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>