Breaking News

चितवन भण्डाराको सशस्त्र प्रहरीका ४२ जनामा कोरोना संक्रमण

Banner

चितवन, भदौं २–

पूर्वीचितवनको राप्ती नगरपालिका–६ भण्डारामा रहेको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन गण ३ नम्बर बाहिनी बागमति प्रदेशमा कार्यरत ४२ जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमाबार राति गरिएको परीक्षणमा २ महिलासहित ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । कुल ६० जनाको परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले नारायणी अनलाइनलाइ जानकारी दिए । संक्रमित पुरुषहरु १९ देखि ५५ वर्ष उमेर समूहका रहेका छन् भने महिलाहरु २८ र ३४ वर्ष उमेर समूहका छन् ।

संक्रमित सशस्त्र प्रहरी मध्ये १५ जनामा लक्षण देखिएको छ भने अन्यमा कुनै लक्षण नदेखिएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले बताए । उनले एकैपटक यति धेरै सशस्त्रमा संक्रमण पुष्टि भएपछि उनीहरुलाई आइसोलेसनमा राख्न समस्या भएको न्यौपानेले बताए । यसअघि सोही गणमा कार्यरत ८ जनामा संक्रमण पुष्टि भएको थियो । उनीहरु मध्ये दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ भने अन्य ६ जना सोही गणमा छन् ।

चितवनमा सोमबार राति गरिएको परीक्षणमा कुल ५० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये भरतपुर महानगरपालिकाका ४ जना, मकवानपुर, बारा र गोरखाका एक÷एक जना रहेका छन् । उनीहरु सबै भरतपुरकै विभिन्न अस्पतालमा उपचाररत छन् । सोमबार कुल ३५५ नमुना परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>