Breaking News

एकैदिन चितवनका ४६ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, भदौं २–

चितवनमा आज (मंगलबार)थप ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा चितवनका ४६ जनामा एकैपटक कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी डा.नितु अधिकारीले जानकारी दिइन् ।

सबैभन्दा धेरै संक्रमित राप्तीमा देखिएका छन् । राप्तीको प्रहरी क्वारेन्टिनका ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ४० पुरुष र २ महिला छन् । उनिहरु १९ देखि ५५ बर्ष उमेर समूहका हुन् । यस्तै भरतपुर महानगरपालिका वडा नम्वर ५,७,८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो ।

यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १,बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरुको भरतपुरको सेन्ट्रल अस्पताल,आशा अस्पताल र पुस्पान्जली अस्पतालबाट नमूना परीक्षणका लागि पठाइएको थियो ।

सोमबार परीक्षण गरिएको ३५५ नमुना मध्य ५० वटा नमुनामा कोरोना पोजेटिभ भेटिएको थियो । आज ४६ जना संक्रमित थपिएसंगै चितवनमा कुल संक्रमितको संख्या २५५ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>