Breaking News

कोरोनाको संक्रमण समुदायमा फैलिएको भन्दै नवलपुरका ६ स्थानीय तहमा लकडाउन

Banner

ज्ञानु पंगेनी

नवलपुर, भदौं १

नवलपरासी पूर्व (नवलपुर) को गैँडाकोट नगरपालिका र बुलिङटार बाहेक सबै ६ स्थानीय तहमा लकडाउन गरिएको छ ।

जिल्लामा समुदायस्तरमा नै कोरोना संक्रमण देखिन थालेपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गरी यहाँका ६ स्थानीय तहको विपद व्यवस्थापन समितिको बैठकबाट निर्णय गरि लकडाउन गरिएको हो । आज सोमबार पनि बौदीकाली गाउँपालिकाका एक जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा केही दिनअघि कावासोती नगरपालिकामा एक जना पत्रकार र बैँकका कर्मचारी, विनयीत्रिवेणी गाउँपालिकामा पसल सञ्चालन गर्ने र मजदुर र देवचुली नगरपालिका निवासी भरतपुरको सहरी विकास कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्लामा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएको र सर्तकता नअपनाए स्थिति भयावह हुन सक्ने भएकाले यहाँका स्थानीय तहले अत्यावश्यक बाहेक सबै सेवा तथा व्यवसाय बन्द गरी लकडाउन गरेका छन् ।

जिल्लाको बौदीकाली गाउँपालिका, हुप्सेकोट गाउँपालिका, देवचुली नगरपालिका, मध्यबिन्दु नगरपालिका सोमबारबाट लकडाउन गरिएको छ । कावासोती नगरपालिका साउन २९ गतेबाट लकडाउन गरिएको थियो । विनयीत्रिवेणी गाउपालिकालाई भोलि मंगलबारबाट लकडाउन गरिँदै छ । विनयी त्रिवेणीको १,२,६ र ७ नम्बर वडा यस अघि नै सिल गरिएको छ भने बाँकी वडा नम्बर ३,४ र ५ समेत गरी गाउँपालिका नै मंगलबार बिहान ६ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि लकडाउन गरिने गाउँपालिका अध्यक्ष डम्बर बहादुर जिसीले जानकारी दिनुभयो ।

जिल्लाको बौदीकाली गाउँपालिका सोमबार दिउँसो १ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि लकडाउन गरेको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर रानाले जानकारी दिनुभयो । अत्यावश्यक बोहकका सबै सेवा र व्यवसाय अर्को निर्णय नहुँदासम्मका लागि बन्द गरिएको रानाले बताउनुभयो । यस्तै देवचुली नगरपालिका आज राति १२ बजेदेखि भदौ ८ गते राति १२ बजेसम्मका लागि लकडाउन गरिएको छ । खाद्यन्न पसल, दूधजन्य, तरकारी पसललगायत अत्यावश्यक पसलहरु बिहान ७ बजे देखि १० बजे सम्म र बेलुकी ५ बजे देखि ७ बजेसम्मका लागि मात्र खोल्ने र अन्य सबै सेवा र व्यवसाय बन्द गरिएको नगरपालिकाका प्रवक्ता डिलबहादुर खत्रीले बताउनुभयो । यसैगरी हुप्सेकोट गाउँपालिका आइतबारराति १२ बजेबाट भदौ ७ गतेसम्मका लागि लकडाउन गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभयो । मध्यबिन्दु नगरपालिका पनि आजबाट भदौ ७ गतेसम्म सिल गरिएको छ ।

थ्य सेवा बाहेक सम्पूर्ण सरकारी÷गैरसरकारी कार्यालय, बैँक तथा बित्तिय संस्था, होटेल तथा रेष्टुरेन्ट र पर्यटन व्यवसाय , अत्याबश्यक सेवा बाहेक अन्य सवारी साधन बन्द गरिएको छ । कुनै पनि प्रकारको बैठक समिक्षा, गोष्ठी, सेमिनार ,छलफल धार्मिक तथा सास्कृतिक भेला जस्ता सामूहिक जमघट हुने पाइने छैन ।

नवलपुरमा थप एक जनामा कोरोना संक्रमण

नवलपुरमा सोमबार एक जनामा कोरोना संक्रमण देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बांैदीकाली गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । उहाँ शिक्षक रहेको जनाइएको छ ।

साउन ३० गते समुदायस्तरमा संकलित ४३ जनाको स्वाबमध्ये एक जनामा संक्रमण पुष्टि भएको र अन्य ४२ जनाको रिपोर्ट नेगेटिभ रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिनुभयो । चापागाईंले जिल्लामा समुदायस्तरमा केहीमा संक्रमण देखिएकाले सजग र सर्तकता अपनाउन सबैमा आग्रह गर्नुभएको छ ।

त्रसित नहुन आत्मबल बलियो बनाएर स्वास्थ्य सजकता अपनाएर आफ्नो दिनचर्या गर्न आग्रह गर्नुभएको छ । स्वास्थ्य कार्यालय र स्थानीय तहको स्वास्थ्य शाखासँगको समन्वयमा अहिले समुदाय स्तरमा पीसीआर परीक्षण गर्ने काम भइरहेको चापागाईंले बताउनुभयो । जिल्लामा अहिलेसम्म ३४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १३ जना संक्रिय संक्रमित रहका छन् । अन्य सबै निको भएर घर फर्किएका छन् । जिल्लाका संक्रमितको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालय (कोरोना अस्थायी अस्पताल ) मा उपचार हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>