Breaking News

चितवन प्रशासनले भन्यो: पसल जाँदा सवारी साधन प्रयोग गरे कारबाही गर्छौं

Banner

चितवन, भदौ १

जिल्ला प्रशासन चितवनले निषेधाज्ञाको समयमा अत्यावश्कीय सामग्री किन्न पसल जाँदा कुनै पनि सवारीसाधन प्रयोग नगर्न आग्रह गरेको छ ।

सोमबार सूचना जारी गर्दै प्रशासनले छुट्याएको समयमा पैदल जान सकिने नजकैको पसलबाट सामान किन्न अनुरोध गरेको छ ।  निषेधाज्ञाको बेलामा बिहान र बेलुका ५ देखि ८ बजेसम्म अत्यावश्यकीय सामान किन्न पाइने नियम रहेको प्रशासनले स्मरण पनि गराएको छ । यदि प्रशासनको निर्देशन नमाने कानुन बमोजिम कारबाही गर्ने पनि चेतावनी दिएको छ ।

 चितवनको माडी नगरपालिका बाहेक अन्य स्थानीय तहमा साउन ३१ देखि भदौ ५ गतेसम्म निषेधाज्ञा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>