Breaking News
चितवनको राप्तीमा निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि हवाई फायर
०

चितवन भदौ १
चितवनको राप्ती नगरपालिकामा १ लोथरमा निषेधाज्ञा अवज्ञा गर्न खोज्दा आज सोमबार प्रहरीले हवाई फायर गरेको छ।
करिब दुई सयको संख्यामा मानिसहरू भेला भएर निषेधाज्ञा उल्लंघन गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेको बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त लामाले बताए।
कोरोना संक्रमणको स्थितिलाई नियन्त्रण गर्न चितवन प्रशासनले निषेधाज्ञाको निर्णय गरेको थियो।
सो निर्णय नमान्ने भन्दै स्थानीयहरू प्रदर्शनमा निस्केका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























