Breaking News

इच्छाकामनामा जनप्रतिनिधिको फर्निचरबाट अवैध सालको गोलाई बरामद

०
Banner

चितवन, भदौं १–

इच्छाकामना गाउँपालिकाको करिनाटरमा जनप्रतिनिधिले सञ्चालन गरेको फर्निचर उद्योगबाट अवैध रुपमा राखिएको सालको गोलाई जिल्ला वन कार्यालयले बरामद गरेको छ ।

ईच्छाकामना गाँउपालिकाका वडा सदस्य बाबुकाजी त्रिपाठीको फर्निचारबाट वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सालको काठ बरामद गरेको हो । अवैध रुपमा राखिएको सालको काठ भेटिएपछि इच्छाकामना गाँउपालिका–४ का वडा सदस्य त्रिपाठी अनुसन्धानमा तानिएका छन् । उनी पूर्व माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य हुन् ।

जिल्ला वन कार्यालयको टोलीले त्रिपाठीको फर्निचरबाट गोलाई बरामद गरेको हो । सालको गोलाईको स्रोत खुलेको छैन । उनले स्थानीय शंकर नेपालको निजी जग्गामा लगाएको साल ल्याएको बताएका छन् । तर प्रारम्भिक अनुसन्धानबाट त्यो नदेखिएको वन कार्यालयले जनाएको छ ।

त्रिपाठीको फर्निचरबाट बरामद गरिएका तीन सय ९५ क्यूफिट सालको गोलाई काठ जिल्ला वन कार्यालयमा राखिएको छ । उक्त काठको विषयमा अनुसन्धान थालिएको जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले नारायणी अनलाइनलाई जानकारी दिए । ‘काठ कहाँबाट ल्याएको हो भन्ने प्रमाण देखिएको छैन’ खनालले भने ‘पहिला काठ कहाँबाट आयो भन्ने कुराको खोजी हुन्छ ।’ स्थानीयको सूचनाको आधारमा काठ बरामद गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>