Breaking News

इच्छाकामनामा जनप्रतिनिधिको फर्निचरबाट अवैध सालको गोलाई बरामद

Banner

चितवन, भदौं १–

इच्छाकामना गाउँपालिकाको करिनाटरमा जनप्रतिनिधिले सञ्चालन गरेको फर्निचर उद्योगबाट अवैध रुपमा राखिएको सालको गोलाई जिल्ला वन कार्यालयले बरामद गरेको छ ।

ईच्छाकामना गाँउपालिकाका वडा सदस्य बाबुकाजी त्रिपाठीको फर्निचारबाट वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सालको काठ बरामद गरेको हो । अवैध रुपमा राखिएको सालको काठ भेटिएपछि इच्छाकामना गाँउपालिका–४ का वडा सदस्य त्रिपाठी अनुसन्धानमा तानिएका छन् । उनी पूर्व माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य हुन् ।

जिल्ला वन कार्यालयको टोलीले त्रिपाठीको फर्निचरबाट गोलाई बरामद गरेको हो । सालको गोलाईको स्रोत खुलेको छैन । उनले स्थानीय शंकर नेपालको निजी जग्गामा लगाएको साल ल्याएको बताएका छन् । तर प्रारम्भिक अनुसन्धानबाट त्यो नदेखिएको वन कार्यालयले जनाएको छ ।

त्रिपाठीको फर्निचरबाट बरामद गरिएका तीन सय ९५ क्यूफिट सालको गोलाई काठ जिल्ला वन कार्यालयमा राखिएको छ । उक्त काठको विषयमा अनुसन्धान थालिएको जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले नारायणी अनलाइनलाई जानकारी दिए । ‘काठ कहाँबाट ल्याएको हो भन्ने प्रमाण देखिएको छैन’ खनालले भने ‘पहिला काठ कहाँबाट आयो भन्ने कुराको खोजी हुन्छ ।’ स्थानीयको सूचनाको आधारमा काठ बरामद गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>