Breaking News

चितवनमा सडकमा निस्कनेलाई धमाधम नियन्त्रणमा लिँदै प्रहरी (फोटोफिचर)

Banner

चितवन, भदौं १–

चितवनको भरतपुरमा शनिबारदेखि निषेधाज्ञा लागू छ । आज (सोमबार)देखि माडी नगरपालिका बाहेक जिल्लाका सबै स्थानीय तहमा निषेधाज्ञा छ ।

निषेधाज्ञाका बेला सबै घरमै बस्नुपर्नेमा अझै केही मानिसहरुको सडकमा निस्कन थालेका छन् । पहिलो र दोस्रो दिन न्यून मानिस मात्रै सडकमा देखिने गरेपनि आज तुलनात्मक रुपमा मानिसहरुको बढी सडकमा निस्कन थालेपछि प्रहरीले चेकजाँचमा कडाई गरेको छ ।

निषेधाज्ञा लागू भएको बेलामा विभिन्न बहानामा सडकमा निस्कनेलाई धमाधम नियन्त्रणमा लिन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले नारायणी अनलाइनलाई बताए । उनले भने–‘हिजो अस्तिका तुलनामा आज मानिसहरु धैरै निस्कन थालेपछि चेकजाँच कडा पारेका छौं ।’

निषेधाज्ञाका बेलामा अतिआवश्यक बाहेक सबै सेवाहरु बन्द गरिएको छ । सरकारी कार्यालयदेखि बैंक तथा वित्तिय संस्थाहरु सबै बन्द गरिएका छन ।

प्रहरीले चौविसकोठी र वीरेन्द्र क्याम्पस गेट अगाडि चेकजाँचमा कडाइ गरिरहेको छ । यस्तै चितवन प्रवेश गर्ने नाका नारायणी पुलमा पनि चेकजाँच गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>