Breaking News

राप्तीका एकै परिवारका तीन जनामा कोरोना संक्रमण

Banner

चितवन, भदौं १–

पूर्वीचितवनको राप्ती नगरपालिकाका एकै परिवारका तीन जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

साउन २९ गते गरिएको परीक्षणमा राप्ती–९ का ३७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङबाट उनका दुई ९ र ६ वर्षीया छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

आइतबार राति गरिएको परीक्षणमा ती बालिकाहरुमा संक्रमण देखिएको हो । संक्रमित महिला भरतपुर अस्पतालको आइसोलेशनमा उपचाररत छिन् भने बालिकाहरु घरमै थिए । उनीहरुलाई पनि आमासंगै भरतपुर पठाउने तयारी भइरहेको राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिए ।

आमालाई संक्रमण पुष्टि भएपछि बालिकाहरुको भरतपुर अस्पतालबाटै स्वाब संकलन गरिएको थियो । संक्रमित महिला सामाजिक कार्यकर्ता हुन् । उनी लकडाउन खुलेसंगै जिल्लामा भएका विभिन्न कार्यक्रमहरुमा सहभागि भएकी थिइन् । उनको अन्य ट्राभल हिष्ट्रि नभएको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिए ।

यस्तै आइतबार राति गरिएको परीक्षणमै राप्ती–२ की ८६ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती वृद्धा हेटौंडाबाट आएर होम क्वारेन्टिनमा बसेकी थिइन् । हेटौंडा जाँदा उनको अन्य परिवारमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही कारण उनी घर आउने वित्तिकै होम क्वारेन्टिनमा बसेकी थिइन् ।

राप्ती नगरपालिकाको स्वास्थ्य शाखाले उनको स्वाब संकलन गरी भरतपुर पठाएको थियो । ती वृद्धमा संक्रमण पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल पठाउने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख न्यौपानेले जानकारी दिए । वृद्ध व्यक्ति भएकाले स्वास्थ्यमा अन्य समस्या हुन सक्ने संभावना रहेकाले अस्पताल नै पठाउन थालिएको उनले बताए ।

राप्तीमा आज (सोमबार) विहानसम्ममा कुल संक्रमितको संख्या १८ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>