चितवन विशेष
चितवनको क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द
०

चितवन,साउन ३२-
क्यान्सर अस्पताल भरतपुरमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पताका कार्यकारी निर्देशक डा. देज कुमार गौतमले आज (आइतबार) एक सूचना जारी गर्दै अस्पतालका कर्मचारीहरु कोरोना (कोभिड १९) बाट संक्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिनुभयो ।
अस्पतालका कर्मचारी, भर्ना भएका विरामी र संक्रमितसंग सम्पर्कमा आएकाहरुको कोभिड १९ परीक्षण गर्नुपर्ने र अस्पताल समेत निर्मलिकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको उहाँले बताउनुभयो । अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवाहरु सम्बन्धित विभागका ओपिडिबाट प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























