चितवन विशेष

भरतपुर अस्पतालको आकस्मिक कक्ष सूचारु

Banner

चितवन,साउन ३१-

भरतपुर अस्पतालको आकस्मिक कक्ष सूचारु भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि २९ गते साँझ ८ बजेदेखि आकस्मिक कक्ष सिल गरिएको थियो । अस्पतालद्वारा जारी सूचनामा आज (शनिवार) साँझ ८ बजेदेखि आकस्मिक कक्ष सूचारु गरिएको उल्लेख गरिएको छ । आकस्मिक कक्षलाई पुरै निर्मलिकरण गरिएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा अस्पतालको सोही कक्षमा कार्यरत २५ वर्षीया नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । नर्समा सङ्क्रमण देखिएपछि सो कक्ष दुई दिन सिल गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>