Breaking News

कोरोना महामारीबीच पनि चीनको व्यापारमा बृद्धि

Banner

एजेन्सी,साउन ३१-

कोभिड–१९ महामारी फैलिएता पनि एशिया–यूरोप महादेश पार गर्दै सञ्चालनमा आएका चीन–यूरोप रेलसेवाको सङ्ख्या तथा ढुवानी माल–सामान परिमाण बढ्दै गइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन् ।जुन महिनाको अन्तसम्म ३ महिनासम्म लगातार रूपमा सञ्चालनमा आएको सो रेलसेवाको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ जुन गत ५ महिनामा लगातार रूपमा १० प्रतिशत भन्दा बढीले बृद्धि भएको चिनिँया उद्योग मन्त्रालय स्रोतले बताएको छ ।

“महामारीको प्रभावमा चालु वर्षयता, विश्व व्यापार परिमाण ठूलो मात्रामा घटेतापनि चीनको बैदेशिक व्यापार समष्टिगत रूपमा बजारको पूर्व प्रक्षेपणभन्दा राम्रो भएको देखिन्छ र विश्वका मुख्य आर्थिक एकाइभन्दा राम्रो भइरहेको छ,” बेलायती अर्थतन्त्र अनुसन्धान कम्पनी क्यापिटल इक्नोमिक्सका चिनियाँ अर्थ विश्लेषक मार्टिन रास्मुस्सेनले भन्नुभयो ।

सरकारले महामारीबाट प्रभावित अर्थतन्त्रलाई उकास्न महत्वाकांक्षी नीति लागू गरेसँगै चीनको अर्थतन्त्र आगामी केही महिनामा निरन्तर रूपमा पूरानो अवस्थामा पुग्ने देखिएको बताउँदै उहाँले भन्नुभयो, “आयातमा निरन्तर बृद्धि हुनुका साथै विश्वव्यापी महामारी लचिलो बन्दै जाने पृष्ठभूमिमा चीनको निर्यात पनि लगातार रूपमा पुनःस्थापना हुँदै जान्छ ।”

चीनको आयात–निर्यात राम्रो बन्दै गइरहेको खबर विश्व उद्योग शृङ्खलाको आपूर्तिको स्थिरताको लागि निकै राम्रो खबर भउको उहाँको ठहर छ ।

चीन विश्वका ६५ वटा मुलुकको पहिलो आयात श्रोत हो र ३३ वटा मुलुकको पहिलो निर्यात गन्तव्य पनि हो । चीनले महामारीको प्रभावकारी नियन्त्रण गर्दै उत्पादन पुन सञ्चालनमा ल्याउँदा विश्व उद्योग क्षेत्रमा स्थिरताको आशा पलाउन थालेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>