Breaking News
नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि, १२४ निको भए
०

काठमाडौं, साउन ३१-
पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६८ जनामा कोरोना पुष्टि भएको बताए।
योसँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ। प्रवक्ता गौतमका अनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८ हजार १९३ रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेष्ट ५ लाख नागेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १२४ जना कोरोना संक्रमित निको भइ घर फर्केका छन्। योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १७ हजार २०१ पुगेका छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























