Breaking News

क्यान्सर अस्पताल अगाडिका एक होटलका श्रीमान् र श्रीमतीलाई कोरोना

Banner

चितवन, साउन ३०–

भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल अगाडि रहेको एक होटलका संचालक श्रीमान् र श्रीमती दुवैलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल (कोभिड–१९) परीक्षण प्रयोगशालमा आज (शुक्रबार) गरिएको परीक्षणमा होटलका संचालकहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

केहीदिन अघि क्यान्सर अस्पतालमा उपचार गराउन आएका एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङ ती श्रीमान् श्रीमतीको स्वाब संकलन गरिएको थियो ।

क्यान्सर अस्पतालबाटै गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको अस्पतालका उपकार्यकारी निर्देशक डा.कृष्णसागर पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

उनले भने–‘सोही होटलमा बस्दै आएका बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा उनीहरुको स्वाब संकलन गरेका थियौं, उनीहरुसहित ६ जनाको रिपोर्ट पोजिटिभ आयो ।’

संक्रमित बिरामी त्यस होटलमा बस्दै आइरहेका थिए ।

आज संक्रमण पुष्टि भएका अन्य चार जना भने क्यान्सर अस्पतालमै कार्यरत हुन् । ती मध्ये एक जना नर्स र अन्य तीन जना अटेन्डर रहेको डा.पौडेलले जानकारी दिए । चितवनमा योसंगै कुल संक्रमितको संख्या १७० पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>