Breaking News

कालिकोटको महाबैमा पहिरो खस्यो, वडा सदस्यको घर पुरियो, ६ जनाको मृत्यु

Banner

कालिकोट, साउन ३०–

कालिकोटको महाबै गाउँपालिकामा भीषण पहिरो खसेको छ ।

वडा नम्बर ३ नकु भन्ने स्थानमा गयराति पहिरो जाँदा वडा सद रजबहादुर विष्टको घर परिएको छ । घटनामा परि ६ जनाको मृत्यु भएको छ ।

पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए।

स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>