Breaking News

भरतपुर अस्पतालकी एक नर्समा कोरोना संक्रमण, इमर्जेन्सी कक्ष सिल

Banner

चितवन, साउन २९–

भरतपुर अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आज (बिहीबार) गरिएको परीक्षणमा भरतपुरकी २५ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

अस्पतालको इमर्जेन्सी कक्षमा कार्यरत ती नर्समा संक्रमण देखिएको हो । अस्पतालमै कार्यरत नर्समा संक्रमण देखिएपछि इमर्जेन्सी कक्ष सिल गरिएकोअस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने–‘इमर्जेन्सीमा कार्यरत नर्समा संक्रमण देखिएकोले त्यहाँ रहेका बिरामीलाई अन्यत्र सारेका छौं, इमर्जेन्सी कक्ष सिल गरेका छौं ।’

आज चितवनमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनेमा सबै भरतपुर अस्पतालमा स्वाब दिएर घर फर्किएका व्यक्तिहरु हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>