Breaking News

जिल्ला प्रशासन नवलपुरले भन्यो: कोरोनाको जोखिम बढ्यो, घरबाहिर ननिस्कनु

Banner

चितवन, साउन २९-

जिल्ला प्रशासन कार्यालय नवलपुर (नवलपरासी सुस्ता पूर्व) ले संक्रमणको जोखिम बढेकोले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।

बिहीबार एक सूचना जारी गर्दै ट्राभल हिस्ट्री नभएका बैँकका कर्मचारी र पत्रकारलाई पनि कोरोना संक्रमण देखिएकोले जिल्लामा जोखिम बढेको जनाएको हो । प्रशासनले नवलपुर क्षेत्रमा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म हिडडुल नगर्न र घरबाहिर ननिस्कन अनुरोध गरेको छ । सूचनामा बैँक तथा बित्तिय संस्थाले भदौं ६ गतेसम्म विधुतीय माध्यमबाट सेवा दिन र सुरक्षाका मापदण्ड तथा शर्तहरु पूर्णरुपमा पालन गर्न पनि निर्देशन दिएको छ । त्यसैगरी प्रशासनले काठमाडौँ उपत्यकालगायत अन्तर जिल्ला सवारी अनुमति बिहीबारदेखि नै अर्काे सूचना नभएसम्मका लागि बन्द गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>