चितवन विशेष

फोहोर फाल्ने झाडीलाई युवाहरुले बनाए बगान

Banner

चितवन, साउन २८–

बुधबार साँझमा जिल्ला स्वास्थ्य कार्यालयको अगाडि सडकमा केहि युवाहरु पानीमा भिज्दै कोहि गिट्टी, बालुवा मोल्दै थिए त कोहि फूल गोड्दै थिए । झाडी भएको स्थानमा युवाहरुको मेहनत देखेर सो बाटो हिडेर जानेहरु दंग परेका थिए । बुधबार अन्र्तराष्ट्रिय युवा दिवसको अवसर पारेर जम्मा भएका बेटर चितवनका युवाहरु निरन्तर रुपमा यहाँ बगान बनाउन प्रयासरत छन ।

 

कुनै समयमा फोहोर फाल्ने झाडी रहेको सो ठाउँमा अहिले सुन्दर बगान बनेको छ । बगानमा विभिन्न किसिमका फूल तथा अन्य बिरुवा रोपिएिका छन् । बगानभित्र डेकोरेटिभ फूलहरु, धुपी, क्रोटोन बिरुवा तथा अन्य मौसमी बिरुवा लगाएका छन् ।

सो ठाउँमा सिमेन्टका तीन वटा कुर्ची तथा डोको डस्बिन पनि राखिएको छ । सोही बगानमा थप बिरुवा रोप्ने, गोड्ने तथा गार्डेनको दुईतर्फ गेट बुधबार राखिएको छ ।

भरतपुर महानगरपालिकाको सडक छेउको सार्वजनिक जग्गामा बेटर चितवन संस्था तथा वे गुप्र नेपालले सरसफाईको व्यवस्थापन गरिरहेको छ । ती स्थानहरुमा एक वर्ष अघिदेखि बगान बनाउन सुरु गरिएको बेटर चितवनका संस्थापक संयोजक सागर कार्कीले जानकारी दिनुभयो ।

भरतपुर बगैचानगर अनुरुप अगाडि बढिरहँदा भरतपुर अस्पताल वरिपरिको सडकमा मौलाउँदो झाडी र फोहोर फाल्ने प्रवृति देखेरै फूलहरु रोपेर व्यवस्थित गर्ने सोँचअनुरुप बगानको काम थालिएको कार्कीले बताउनुभयो ।

सो बगान बनाउनको लागि भरतपुर महानगर र वे गुप्र नेपालको विशेष सहयोग पनि रहेको छ । युवाहरुको रचनात्मक कदमले फेरिएको सो ठाउँ जस्तै अन्य ठाउँमा सरकारी तवरबाट पहल कदमी चाले भरतपुर बगैचानगर बनाउने सपना पुरा हुने युवाहरुको भनाई छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>