चितवन विशेष

स्व.कोइरालाको ८१ औं जन्मजयन्तिमा काँग्रेस चितवनलाई तस्विर हस्तान्तरण

Banner

चितवन, साउन २८–

पूर्वप्रधानमन्त्री एवंम नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशिल कोइरालाको ८१ औं जन्मजयन्ति बुधबार चितवनमा सामान्य रुपमा मनाईएको छ ।

कोइरालाको जन्मजयन्तिको अवसरमा सुशिल कोइराला सोसलिष्ट यूथ सर्कल, चितवनले नेपाली काँग्रेस जिल्ला समितिलाई स्वर्गीय कोइरालाको तस्विर हस्तान्तरण गरेको छ ।

सर्कलका अध्यक्ष अमृत मिश्रले काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठलाई स्वर्गीय कोइरालाको तस्विर हस्तान्तरण गर्नुभएको थियो । स्वर्गीय कोइरालाले हात हल्लाउँदै गरेको तस्विरलाई फ्रेममा राखेर सर्कले हस्तान्तरण गरेको छ । १९९६ साउन २८ गते जन्मनु भएका कोइरालाको २०७२ माघ २६ गते निधन भएको थियो ।

स्वर्गीय कोइराला प्रधानमन्त्री र पार्टी सभापति हुँदा नेपालमा संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान जारी गरिएको थियो । सोही कारण कोइरालालाई संविधानको पिताको रुपमा चित्रण गर्ने गरिएको छ ।

कोरोना भाइरसका कारण न्यून संख्या उपस्थित भएर गरिएको कार्यक्रममा प्रमुख अतिथि काँग्रेस सभापति श्रेष्ठ, विशिष्ट अतिथि कोषाध्यक्ष शंकर कँडेल, काँग्रेस पूर्व क्षेत्रीय सभापति भक्ति तिमिल्सिना, काँग्रेस जिल्ला सहसचिव सूर्य अर्याललगायतको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>