Breaking News

पुरानो मेडिकल कलेजमा अवैध मिर्गौला प्रत्यारोपणका आरोपितहरु धरौटीमा छुटे

Banner

चितवन,साउन २८-

भरतपुरको पुरानो मेडिकल कलेजमा अवैध मिर्गौला प्रत्यारोपणको आरोपमा पक्राउ परेकाहरु धरौटीमा छुटेका छन् । जिल्ला अदालत ललितपुरले उनिहरुलाई ५० हजार धरौटी राखेर तारेखमा आज (बिहीबार) रिहाई गरेको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, मेडिकल कलेजका कानुनी सल्लाहकार रमेशप्रसाद काफ्ले,अस्पतालमा कार्यरत डा. सुप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती र नोबल अस्पतालका डा. राकेशकुमार वर्मा लाई ५० हजार धरौटीमा छुटेका छन् ।

पक्राउ परेका १२ जना विरुद्ध जिल्ला अदालत ललितपुरबाट असार २४ गते पक्राउ पूर्जी लिइएको थियो । घटना ०७६ जेठ महिनामा चितवनस्थित पुरानो मेडिकल कलेजमा भएको प्रहरीले जनाएको छ । नक्कली कागजात खडा गरेर विदेशमा रहेको व्यक्तिको विवरण भरी फरक व्यक्तिको मिर्गौला प्रत्यारोपण गरिएको आरोप छ । यस घटनाका आरोपितहरु कोही कसैलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश नभएको अदालतले जनाएको छ ।

मेडिकल कलेजले ऐन, नियम र निर्देशिकाअनुसार काम गरेको जानकारी दिँदै आएको छ । अंग प्रत्यारोपण निर्देशिका अनुसार कानुनी सल्लाहकार र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधि सम्मिलित समिति बनाएर प्रत्यारोपणको काम भएको थियो । त्यही समितिमा रहेका प्रशासनका प्रतिनिधि र अस्पतालका कानुन व्यवसायी समेत गिरफ्तार भएका थिए । मिर्गौला प्रत्यारोपणका लागि पुरानो मेडिकल कलेजले मान्यता पाएको र नियम मिचेर केही नगरेको मेडिकल कलेजले दाबी गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>