Breaking News
डब्लूएचओ भन्छ – रुसले कोरोना भाइरसको खोप बनाएको जानकारी छैन

जेनेभा, साउन २८-
मंगलबार रुसले आफ्नो देशमा बनेको कोरोनाविरुद्धको खोपलाई मानवमा प्रयोगको लागि स्वीकृति प्रदान गरेको छ।
रुसका राष्ट्रपति भ्लादमिर पुटिनले देशमा बनेको खोप आफ्नी एक छोरीमा पनि प्रयोग गरिएको जानकारी दिएका छन्।
रुसले २० देशबाट एक अर्ब डोजको माग भएको बताएपछि हाल विश्वका मानिसहरु रुसले खोप बनाएपछि कोरोनाबाट जोगिन सकिन्छ भनेर आशावादी बनेका छन्।
यद्यपी विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले भने आफूलाई रुसले बनाएको कोरोना खोपको विषयमा जानकारी नभएको प्रतिक्रिया जनाएको छ।
रुसले कोरोनाविरुद्धको खोप बनाएको दाबी गरेपनि उसले कसैलाई यसको वैज्ञानिक आधार पेश गरेको छैन। विश्व स्वास्थ्य संगठन डब्लूएचओले पनि रुसको खोपमा शंका गरेको हो।
रुसले खोप बनाएको विषय जानकारी नगराएकाले डब्लूएचओले यसको मूल्यांकन नगरेको र डब्लूएचओबाट रुसी खोपले स्वीकृति नपाएको बताइएको छ।
























