Breaking News

कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर गिरीको निधन

Banner

जनकपुरधाम, साउन २८-

कोरोना संक्रमणका कारण जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मृत्यु भएको छ।

जनकपुरको रामा होटेलका संचालक ७३ वर्षीय गिरीको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ।

राजधानी काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उनको उपचारका क्रममा मंगलबार राति १२ बजेतिर मृत्यु भएको उनको पारिवारिक स्रोतले जनाएको छ । पछिल्लो तीन सातायता मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ७२ वर्षीय गिरी एक सातादेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए ।

जनकपुरको मिल्स एरियामा रामा होटेल सञ्चालन गर्दै आएका गिरीलाई १५ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको अवस्था बिग्रिदै गएपछि केहि दिन अघि श्री एयरलायन्सको विमान चार्टर गरी थप उपचारको लागि काठमाडौंको मेडिसिटी हस्पिटलमा भर्ना गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>