चितवन विशेष

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष पौडेललाई कोरोना संक्रमण

Banner

चितवन, साउन २८–

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललाई कोरोना संक्रमण भएको छ ।

मंगलबारराति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पौडेलको रिपोर्ट ‘पोजिटिभ’ आएको हो ।

अध्यक्ष पौडेलले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नआएको र आफू ठिक अवस्थामा रहेका बताएका छन् ।

आफ्नो स्वास्थ्यलाई लिएर चिन्ता नलिन आग्रह गर्दै आफूसंग पछिल्ला केहीदिन यता सम्पर्कमा आउनेलाई क्वारेन्टिनमा बसिदिन र कोरोना परीक्षण गराउन आग्रह समेत गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>