Breaking News

बाणिज्य बैंक भरतपुरका २४ कर्मचारीको कोरोना नेगेटिभ

Banner

चितवन,साउन २८-

बाणिज्य बैंक शाखा कार्यालय भरतपुरमा कार्यरत एक कर्मचारीमा कोरोना पोजेटिभ देखिए पछि गरिएको नमुना परिक्षणमा अन्य कर्मचारीको नतिजा नेगेटिभ आएको छ । शाखा प्रबन्धक ईश्वरी न्यौपानेका अनुसार त्यहाँ कार्यरत अन्य २४ जना कर्मचारीको नमुना परिक्षणमा नतिजा नेगेटिभ आएको हो ।

शनिबार गरिएको परिक्षणमा त्यहाँ हाँजिर गरेर आन्तरिक राजस्व कार्यालय भरतपुरको काउण्टरमा कार्यरत एक कर्मचारीको नतिजा पोजेटिभ आएको थियो । त्यस लगत्तै त्यहाँका सबै कर्मचारी घरकै क्वारेन्टिनमा बसिरहेका छन् । प्रबन्धक न्यौपानेले अन्य केही कर्मचारीको स्वाब परिक्षण गरेर बैंक खोल्नु पर्ने कर्मचारीको भनाई रहेको बताउनुभयो । बाणिज्य बैंकमा सेवा ग्राहीको ठूलो चाप हुने गर्दछ ।

अन्य कर्मचारीको स्वाबको नतिजा नेगेटिभ आए संगै त्यहाँ कारोवारका लागि पुगेका सर्बसाधारणमा खतरा कम भएको देखिएको छ । बैंक बन्द हुँदा अरु बैंकलाई नोट कोषको काम गर्न अफ्ठ्यारो परेको छ । त्यस बाहेकका सबै काम अन्य शाखाबाट हुने न्यौपानेको भनाई छ । बैंक बन्द भए पनि मंगलबार पेन्सनको रकम सम्बन्धितको खातामा पठाईएको उहाँले जानकारी दिनुभयो ।

जिल्लामा यसै बैंकले राष्ट्र बैंकमार्फत गर्नुपर्ने कतिपय काम गर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>