मकवानपुर

वाग्मती प्रदेशमा विद्यालयबाट आइसोलेशन र क्वारेन्टिन हटाउन सुरु

Banner

हेटौंडा, साउन २७-

विद्यालयबाट आइसोलेशन हटाउने निर्णय अनुसार वाग्मती प्रदेशमा पनि स्थानन्तरण हुने भएका छन् ।

आइसोलशसन हटाउने निर्णय कार्यान्वयन गर्न हेटौंडाको श्रमिक माध्यमिक विद्यालयबाट हेटौंडाको केन्द्रीय खेलकुद प्रतिष्ठान (गौरीटार रंगशाला) को छात्राबासको भवनमा स्थानान्तरण गरिने भएको छ । गौरीटार रंगशालाको छात्राबासमा स्थापना गरिन लागेको स्थानमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल स्वयम् पुग्नुभएको छ । स्थानको अवलोकन गर्दै मुख्यमन्त्री पौडेलले यसलाई छिटोभन्दा छिटो स्थानान्तरण गर्न निर्देशन दिनुभयो । प्रदेशमा कोरोना संक्रमण फैलन सक्ने तर्फ सचेत हुन आग्रह गर्दै उहाँले प्रदेश सरकारले पुर्ण सहयोग गर्ने बताउनुभयो ।
यसैगरी सामाजिक विकास मन्त्री युवराज दुलालले छात्राबाससँगै बन्दै गरेर अन्तिम चरणमा रहेको कभर्डहलमा समेत संक्रमित राख्न सकिने भन्दै यसलाई आवश्यकता अनुसार निर्माण गरिने जानकारी दिनुभयो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले यसको व्यवस्थापनमा जनशक्ति, आर्थिक लगायतका काममा सहयोग हुने बताउनुभयो ।

निरीक्षणमा प्रदेशका प्रमुख सचिव डा मानबहादुर विश्वकर्मा, सामाजिक विकास मन्त्रालयका सचिव दिपक काफ्ले, चिकित्सा महाशाखा प्रमुख डाक्टर पुरुषोत्तम सेढाई, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल, मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रविण श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंलगायत सहभागी हुनुहुन्थ्यो । यसैगरी प्रदेशका अन्य जिल्लामा विद्यालयमा रहेका आइसोलेशन र क्वारेन्टाइन पनि हटाएर अन्य स्थानमा राखिने भएको छ । वागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले सोमबारमात्र विद्यालयबाट आइसोलेशन र क्वारेन्टाइन हटाउने निर्णय गरेको थियो । मंगलबारबाट नै सो निर्णय कार्यान्वयनमा प्रदेश सरकार लागिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>