Breaking News

चितवनमा रातिको समयमा हिडडुल बन्द गर्ने निर्णय, लागू केहीदिनमै

Banner

चितवन, साउन २७–

चितवनमा राति ९ बजेदेखि विहान ५ बजेसम्म पूर्णरुपमा हिडडुलमा रोक लगाइएको छ । विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम न्यूनीकरणका लागि केहीदिनबाट नै लागू हुने गरी रातिको समयमा आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अवस्था हेरेर सो निर्णय लागू गरिने जानकारी दिए । उनले सञ्चारपत्रसंग भने–‘चितवनबासीलाई जानकारी गराउने उद्देश्यले निर्णय सार्वजनिक गरेका छौं, केहीदिनबाट नै सो निर्णय लागू गर्छौ ।’

अन्य जिल्लाबाट लुकिछिपि आउने प्रवृति रोक्न र जिल्लाभित्र समेत रातिको समयमा मानिसहरुको आवागमन नियन्त्रण गर्नका लागि बेलुकी ९ बजेपछि विहान ५ बजेसम्म लामो दुरीका सवारी साधन बाहेक जिल्ला भित्र गुडने सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने गरिएको प्रजिअ भट्टराइले जानकारी दिए ।

यस्तै चिया पसलहरुमा वसेर चिया खाने अवस्थालाई निरुत्साहित गर्ने र खाजाघर तथा राजमार्ग क्षेत्रका पसलहरुलाई प्याकेटमा खाना खाजा प्याक गरी प्रदान गरिने टेक अवे सेवा दिन लगाउने निर्णय गरिएको छ । होटलहरुमा बसेर खाना, खाजा खाने अवस्थालाई निरुत्साहन गर्ने, राति ९ बजेपछि विहान ५ बजेसम्म सेवाग्राहीलाई दिने सेवा बन्द गर्न लगाउने निर्णय गरिएको प्रजिअ भट्टराईले जानकारी दिए ।

यस्तै बैठकले आफ्नो क्षेत्रमा मानिसहरुले मास्क लगाए नलगाएको, सार्वजनिक स्थानहरुमा भौतिक दुरी कायम गरे नगरेको, बैंक तथा वित्तिय संस्था (मनि ट्रान्सफर, वचत सहकारी आदि), चिया पसल, होटल, सार्वजनिक यातायात, व्यापारिक मल, सरकारी कार्यालयहरुमा स्वास्थ्य सम्बन्धी मापदन्ड पालना गरे नगरेको, उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुमा बाहिरबाट कामदार ल्याए÷नल्याएको र कामदारहरुको स्वास्थ्य सुरक्षामा उचित ध्यान दिए नदिएको अनुमगन गर्न स्थानीय तहमा सम्बन्धित वडाका वडा अध्यक्षको संयोजकत्वमा प्रहरीको समेत सहभागिता रहने गरी अनुमगन समिति बनाई अनुगमन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले साविकदेखि नै व्यवस्थापन हुँदै आएका सार्वजनिक क्वारेन्टीनहरुलाई थप व्यवस्थित बनाई विदेश तथा अन्य जिल्लाबाट आएका सबै मानिसहरुलाई क्वारेन्टीनमा राख्ने, सार्वजनिक क्वारेन्टिनमा बस्न नसक्ने बिरामी, जेष्ठ नागरिक, ५ वर्ष मुनिका बालबालिका र अशक्त व्यक्तिलाई मात्र घरमा स्वास्थ्य सम्बन्धी मापदन्ड पालना गर्न सक्ने अवस्था भएको सुनिश्चित गरी होम क्वारेन्टीनमा राख्ने र होम क्वारेन्टीनमा बस्ने मानिसको संख्यालाई सके सम्म कम गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>