चितवन विशेष

युवा अभियन्ता भण्डारी माथी आक्रमणको भत्र्सना, दोषीलाई कारबाही गर्न माग

०
Banner

चितवन, साउन २७–

नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) रत्ननगर नगर कमिटीका सदस्य युवा नेता एवंम सरसफाई अभियन्ता सरोज भण्डारी माथी भएको साङ्गातिक आक्रमणको निन्दा र भत्सना गरिएको छ ।

नगर कमिटीले मंगलबार एक विज्ञप्ती जारी गरी यही साउन २५ गते साँझ अराजक समूहले भण्डारीलाई आक्रमण गरेको भन्दै घटनाको निन्दा र भत्सना गरेको हो ।

नगर कमिटी अध्यक्ष कुलप्रसाद लामिछाने र सचिव ओमप्रसाद लामिछानेद्धारा सयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तीमा भण्डारीलाई आक्रमण गर्ने समूहको पहिचान गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।

साथै नगर कमिटीले घाइते भण्डारीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>