देश/प्रदेश
सुनको मूल्य ८०० ले घट्यो
०

काठमाडौं, साउन २७-
लामो समयदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आइतबार यता भने घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार मंगलबार सुन ८००ले घटेको छ । सुन आज एक लाख एक हजार ६०० कारोबार भइरहेको छ । ।
साताको पहिलो दिन आइतबार सुन ९०० ले घटेको थियो । सोमबार २०० ले घट्दै सुन प्रतितोला १ लाख दुई हजार ४०० मा कारोबार भएको थियो । गत शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको मूल्य भने ४० रुपैयाँ बढेको छ ।
चाँदीको आजको मूल्य प्रतितोला एक हजार ४३५ रुपैयाँ कायम गरिएको छ । यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख एक हजार १०० मा कारोबार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























