Breaking News

सीमा विवादसँगै रोकिएको नेपाल र भारतबीचको सम्वाद भदौं १ गतेबाट सुचारु हुँदै

Banner

काठमाडौँ, साउन २७-

नेपालले अतिक्रमित भूमि समेटेर नक्सा सार्वजनिक गरे पछि सीमा विवादलाई लिएर नेपाल र भारतबीच लामो समय हुन नसकेको सम्वाद अब सुरु हुन लागेको छ ।

नेपाल र भारतबीचको ओभरसाइट मेकानिजमको बैठक भदौं १ गतेबाट बस्ने तय भएपछि दुई देशबीच संवाद हुन लागेको हो । संयन्त्रले भारतीय लगानीमा नेपालमा सञ्चालन भएका परियोजनाहरूको कार्यन्वयन अवस्थाको समीक्षा गर्नेछ।  संयन्त्र सन् २०१६ को सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गर्दा गठन गरिएको थियो। बैठक १ भदौमा काठमाडौंमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बैठकमा नेपाल तर्फको नेतृत्व परराष्ट्र सचिव शंकरदास  वैरागीले गर्नुहुन्छ भने भारत तर्फको नेतृत्व नेपालको लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गर्नुहुन्छ । संयन्त्रले भारतीय लगानीमा नेपालमा सञ्चालन भएका परियोजनाहरूको कार्यान्वयन अवस्थाको समीक्षा गर्नेछ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नेपालको नयाँ नक्सा जारी भएपछि नेपाल र भारतबीच सम्वाद हुन सकेको थिएन। भारतले कोरोनालाई कारण देखाउँदै नेपालसँग सीमा विवाद सुल्झाउन वार्तामा बस्न मानेको छैन। यसैबीच नेपाल–भारत निरिक्षण संयन्त्रको आठौं बैठक बस्न लागेको हो।

संयन्त्रको सातौं बैठक यसअघि सन् २०१९ जुलाई ८ मा काठमाडौंमा भएको थियो। यो संयन्त्र सन् २०१६ को सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गर्दा गठन गरिएको थियो। द्विपक्षीय परियोजना कार्यन्वयनमा सहज होस् र समयै सकियोस् भनेर संयन्त्र गठन गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>