चितवन विशेष

चितवनमा पक्राउ परेकी कल्पना कलाकार रहेको रहस्य खुल्यो

Banner

चितवन, साउन २७-

काठमाडौंको टोखा नगरपालिका–१० गोंगबु नवज्योति मार्गमा १ पुरुषको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी महिला कलाकार रहेको रहस्य खुलेको छ ।

रोल्पाका कृष्णबहादुर बोहराको हत्या आरोपमा सोमबार पक्राउ परेकी कल्पना मुडवरी पौडेल कलाकार रहेको खुलेको हो । कल्पनाले केही टेलिशृंखलामा अभिनय गरेकी छन् । ८ महिनादेखि होटलमा बस्दै आएका मृतक बोहराको कल्पनासँग फेसबुकमार्फत चिनाजान भएको प्रहरीले जनाएको छ ।

अभियुक्तको विवरण :

(१) नाम/थर : कल्पना मुडभरी (पौडेल)

वतन : जिल्ला– चितवन, कालिका न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा नगरपालिका वडा  नं. १० नवज्योति मार्ग बस्ने ।
उमेर : ३७ वर्ष
पेशा : गृहिणी/अभिनय (केही टेलीशृंखलामा)
पक्राउ मिति : २०७७।०४।२६ गते ।
पक्राउ स्थान : जिल्ला– चितवन, कालिका न.पा. वडा नं. ९ शक्तिखोरस्थित माइती ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>