Breaking News
गोंगबु हत्याकाण्ड प्रकरण : अभियुक्त सार्वजनिक
०

काठमाडौं, साउन २७-
राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्यामा संलग्न महिलालाई प्रहरीले सार्वजनिक गरेको छ।
चितवनबाट सोमबार बेलुका पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई प्रहरीले मंगलबार बिहान काठमाडौँ ल्याइ पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।
दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहरालाई कल्पना मुडभरी (पौडेल)ले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको छ ।
हत्यापछि चितवन पुगेकी कल्पना कलाकार समेत रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कल्पनाले केही चलचित्रमा अभिनय गरेकी छिन् ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा चितवनबाटै १० कक्षामा अध्ययनरत उनकी छोरीलाई पनि पक्राउ गरेको छ । उनकी छोरी हत्या पछि शव व्यवस्थापनमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























