Breaking News

जनता समाजवादी पार्टीले प्रयोग गरेको भाषा खेदजनक : प्रधानमन्त्रीकाे निजी सचिवालय

Banner

काठमाडौं, साउन २७-

जनता समाजवादी पार्टीले जारी गरेको विज्ञप्तिको एक अंशप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयले गम्भीर आपत्ति प्रकट गरेको छ।

जनता समाजवादी पार्टीले प्रधानमन्त्री ओलीमाथि प्रयोग गरेको भाषा र शैली अशिष्ट र पूर्वाग्रही, दुराशयपुर्णभएको भन्दै प्रधानमन्त्री ओलीको सचिवालयले निन्दा र खेद प्रकट गरेको छ ।

उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार बिहान फेसबुकमार्फत प्रेस विज्ञप्ति जारी गर्दै समाजवादी पार्टीको विज्ञप्तिमा उल्लेख ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ भन्ने टिप्पणी अत्यन्त दुराशयपूर्ण र खेदजनक भएको बताएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>