Breaking News

डोटीमा घर भत्किदा चार जनाको मृत्यु

Banner

डोटी, साउन २७–

डोटीमा घर भत्किदा चार जनाको मृत्यु भएको छ ।

आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा एकै परिवारका चार जनाको भएको हो । घटना अन्य पाँच जना घाइते भएका छन् ।

स्थानीय गोविन्द पार्कीका अनुसार राति करिब एक बजे स्थानीय अन्दाजी ३२ वर्षीय लोगे विकको घर भत्किँदा उनकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस, छोरीहरु आठ वर्षीया सिर्जना र चार वर्षीया जेनिसाको मृत्यु भएको हो ।

घटनामा लोगे, उनकी आमा ताना लुहार, एक छोरी, सासु आमा र साला घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्र मल्लले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>