Breaking News

चितवनमा परीक्षण गर्दा रुपन्देहीका १० जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, साउन २६–

चितवनमा गरिएको परीक्षणमा रुपन्देहीका १० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा बुटवल र भैरहवाका ८ जना पुरुष र २ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

संक्रमण पुष्टि हुने पुरुषहरुमा २३ देखि ७५ वर्ष उमेर समूहका रहेका छन् भने २१ र ३२ वर्ष उमेरका दुई जना महिला रहेका छन् । आज (सोमबार) कुल २५० वटा नमुना परीक्षण गरिएको थियो ।

जसमध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य संक्रमण पुष्टि हुनेमा चितवनका तीन जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>